काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्। यससँगै काठमाडौँका १० क्षेत्रमध्ये रास्वपाले ३ क्षेत्र जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो : विराजभक्त श्रेष्ठ
भ्रष्टाचारको पैसा सफ्टवेयरबाट बाँड्नेहरू हामीलाई सदनमा प्रतिबन्ध लगाउन खोज्दैछन्: विराजभक्त श्रेष्ठ
सरकारलाई रास्वपा सांसद श्रेष्ठका ५ सुझाव