काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।
अहिले उनी समितिको बैठकमा पुगिसकेका छन् । उनीसँग समितिले सहकारी विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे बयान लिने छ । समितिले यही भदौ १६ भित्र छानबिन प्रतिवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १६ : १५
लेखकबाट थप