चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डस्थित भरतपुर महानगरपालिकाको १७ किलोमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २५ जना घाइते भएका चितवनका एसपी भावेश रिमालले बताए ।
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा माथिबाट ढुंगा खसेपछि चालक आत्तिएर अनियन्त्रित हुँदा ग२ख ४७ नम्बरको बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।बस रौतहटको गौरबाट पोखरा जाँदै थियो । घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो