काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारबाट सुरु भएको बागमतीको बैठक बिहीबार सम्म चल्ने छ ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि बैठकको तयार स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउनमा बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको थियो । माओवादीका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ ।
जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।
त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”