वासिङ्टन डिसी । नोभेम्बरमा हुने र्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।
सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् । ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइनेछ ।
तर नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए ।
जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए । सो घटना लगत्तै मस्कले नै ट्रम्पलाई समर्थन गरेका थिए । नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले वर्तमान उपप्रधानमन्त्री कमला ह्यारिसको सामना गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प