काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो ।
बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको हो ।
विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजातसहित आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने