काठमाडौं। पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ ।
अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी-६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडित देखेर प्रहरीलाई उजुरी गरेका थिए।
घटनास्थलमा प्रहरी टोलीले महिलाको उद्धार गरेको थियो । उनलाई उपचारका लागि पोलिक्लिनिक अस्पतालमा भर्ना गरिएको थियो । सोधपुछका क्रममा ती महिलाले केही व्यक्तिले आफूलाई बन्धक बनाएर पाँच दिनसम्म बलात्कार गरेको प्रहरीलाई बताइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको दाबी पुष्टि भएको छ ।
घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।केही समयअघि पाकिस्तानमा एक हिन्दू महिलालाई इस्लाम धर्म स्वीकार नगरेको भन्दै बलात्कार गरेको समाचार बाहिर आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली