भक्तपुर । युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी सामानको उपभोग गरी व्यापार घाटा घटाउने कार्यमा सहयोग गर्न सवैसँंग अनुरोध गरेका छन् । व्यापारा घाता वर्षैपिच्छे वढ्दो रहेको बेला कमसेकम स्वदेशी वस्तुको उपभोग गरिदिए केही भए पनि व्यापार घाटा घट्ने उनको धारणा छ ।
भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरका विद्यार्थीसामु उनले युवा विद्यार्थीमा देशभक्तिपूर्ण भाबना हुनुपर्नेमा पनि जोड दिए । भक्तपुरकै झौखेलस्थित नेपाल इको प्यानल उत्पादन कारखानाको अवालेकन भ्रमणपश्तात भएको छलफलमा उनले देशभक्तिपूर्ण भाबना भएकाले केही महँंगो भए पनि स्वदेशी वस्तु नै उपयोग गरिरहेको पाएको जानकारी गराए ।
क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित बीबीएम सातौ समेष्टर (२०२०) समूहमा क्रियटिभीटी एण्ड इनोभेसन विषय अध्ययनतर विद्यार्थीले इको प्यानल उत्पादन कारखानाको अध्ययन भ्रमण गरेका थिए । इन्टप्र्रेर्नसिप प्याक्टिस एण्ड पसिविलिटीज अफ न्यु स्मल विजनेश इन नेपाल (नेपालमा नयाँं सानो व्यापारमा स्वरोजगार अभ्यासको सम्भाबना) सँंग सaम्वन्धित विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेका थिए । कारखानाको अवलोकन भ्रमणपछि विद्यार्थीसँंग कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरमा अन्तरक्रिया गरिएको थियो ।
कलेजका उपप्राध्यापक डा किशोर हाकुदुवालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण गराइएको जानकारी गराए । भ्रमणमा विद्यार्थीले इको प्यानलको उत्पादनदेखि विक्रीवितरणसम्मको विवरणसम्मबारे जानकारी लिएका थिए । त्यस अवसरमा सिइओ दुवालले नेपाल इको प्यानल स्वदेशमै बनेको नयाँं निर्माण सामाग्री रहेको जानकारी गराए । त्यस अवसरमा उनले इको प्यानलको प्रयोगबाट तीव्र नर्माण सम्भब हुने पनि जानकारी विद्यार्थीलाई गराए । भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनि नियन्त्रक रहेका कारण नेपाल इको प्यानलले लोकप्रिय आधुनिक निर्माण सामाग्रीको रुपमा ख्याति कमाउँंदै आएको जानकारी उनले गराए ।
वातावणमैत्री भएकै कारणले पनि धेरै उपभोक्ताले यसलाई रुचाएको उनले जनाए । उपभोक्ताको लोकप्रियताकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न डिलरहरुमार्फत नेपाल इको प्यानलको विक्रीवितरण हुँंदै आएको जानकारी उनले गराए ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
सुपारी, केराउ र मरीचको आयात खुला