ढोरपाटन । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । मुख्य करिडोर एक सातादेखि बन्द थियो ।
सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए ।
पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उनले बताए । करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकावासी प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज