काठमाडौँमा खबरदारी

‘सरकार निर्मलालाई छिटो न्याय दे’

शनिबार, २० असोज २०७५, १७ : ५०
‘सरकार निर्मलालाई छिटो न्याय दे’

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा खबरदारी गरिएको छ ।  माइतीघर मण्डलाबाट सुरु भएको खबरदारी प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा समेत माग गरेका थिए । 
प्रदर्शनमा विद्यार्थीदेखि अभियन्तहरुको बाक्लो उपस्थिति थिए । बालबालिकासमेत प्रदर्शनमा सहभागी भएका थिए । 
प्रदर्शनमा विभिन्न दलका नेता, कार्यकर्ता, नागरिक अधिकारकर्मी, पेशाकर्मी तथा विद्यार्थी सहभागी छन् । निर्मला पन्तका बलात्कारीलाई कारबाहीको माग गर्दै लामोसमय देखि प्रदर्शन तथा खबरदारी भए पनि सरकारले अझै दोषी पत्ता लगाउन सकेको छैन । प्रदर्शनकारील सरकारलाई दोषीलाई संरक्षण दिएको आरोप लगाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस