झापा । झापामा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन् ।
दमक नगरपालिका- ५ बानेश्वर हाईटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थान सहित सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २८ साउन २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ