कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उनले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भने।
‘वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्’ उनले भने, ‘पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दिगो विकासमा सहयोग पुर्याउँछ ।’
उनले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए। जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ ।
सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रूख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका बिरुवा लगाइएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता : मुख्यमन्त्री कँडेल
जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल
तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल
स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल
‘शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक’ : मुख्यमन्त्री कँडेल