अरुणखोलामा बस दुर्घटना हुँदा नौ जना घाइते

शनिबार, २० असोज २०७५, ११ : १३
अरुणखोलामा बस दुर्घटना हुँदा नौ जना घाइते

कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । 

दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बसमा सवार अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले बताउनुभयोे ।  (रासस) 

प्रतिक्रिया दिनुहोस