हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ कमिटी गठन गर्नुपर्छ : पर्यटन सचिव

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १२ : २०
हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ कमिटी गठन गर्नुपर्छ : पर्यटन सचिव

काठमाडौँ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले नेपालको उड्डयन क्षेत्र सुधारमा अव बन्ने विधेयकले समग्र पक्षलाई समेट्ने विश्वास व्यक्त गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा सचिव पाण्डेले मन्त्रालयमा विज्ञताको समेत समस्या भोग्नुपरेको बताए । उनले बुधवार मात्र भएको हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ राखेर कमिटी गठन गर्नुपर्ने बताए ।

मन्त्रालयमा विज्ञताको समस्या छ’, उनेले भने, ‘एक जना टेक्निकल हेर्ने सहसचिव पनि निलम्बनमा हुनुहुन्छ ।’ उनले क्यानलाई दुई भागमा विभाजन गर्न जरुरी रहेको भन्दै अप्रेसन र रेगुलेसन छुट्टाएर आयोग बनाउने विषयमा सोच्नुपर्ने बताए ।

उनले नेपालको हवाई क्षेत्रमा सुधार आए पनि दुर्घटनामा कमी नआएको स्वीकार गर्दै आइकाओको स्ट्याण्डर फलो गरिरहेको दाबी गरे । ‘इयुको अडिट अनुसार टेक्निकल क्यापिसीटी रिफर्म प्लान बनाएका छौँ । रेगुलेटेट अथोरिटी सेपेरेट हुनुपर्छ’, उनले भने, ‘हामी विधेयकको तयारीमा छौ ।

जुन विधेयक जान्छ त्यो टोटल आइकाओको स्ट्याण्डर, इयुको स्ट्याण्डर पनि मिट गर्छ र सिकागो सन्धीका प्रावधानहरु पनि मिट गर्छ । जसले गर्दा सिभिल एभिएसन सेक्टर सिस्टमेटिकल्ली कुनै कुरामा समस्या आउन हुँदैन भन्नेमा मन्त्रालय पूर्ण रुपमा सचेत छ, र त्यो अनुसारको तयारी पनि भइरहेको छ ।

उनले बुधवार मात्र नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन आयोग बनिसकेकाले त्यसबारे अहिले नै बोल्नु उपयुक्त नहुने धारणा राखे।  कार्यक्रममा मन्त्री बद्री पाण्डेले हवाई सुरक्षाका सम्बन्धमा नीतिगत समस्या, प्राविधिक समस्या, नियमन स्थितिका सम्बन्धमा मन्त्रालयलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस