काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।
वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ।
असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द