ब्ल्याक प्यान्थर’की अभिनेत्रीको निधन

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १४ : ५९
ब्ल्याक प्यान्थर’की अभिनेत्रीको निधन

जोहानेसबर्ग । चर्चित मार्भल चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उनको परिवारले जानकारी दिएको हो ।

थुप्रै अवार्ड जितेकी चियुमे कयौँ दक्षिण अफ्रिकी टेलिभिजन शोको हिस्सा समेत रहेकी थिइन् । यसमा रिदम सिटी, जोन फोर्टिन, गोमोरा लगायत छन् ।उनी शिक्षिकासमेत थिइन् तर उनी टेलिभिजन अभिनेत्रीका रूपमा चर्चित बनिन् । मंगलबार साँझ जोहानेसबर्गको अस्पतालमा उनको निधन भएको उनको परिवारद्वारा जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ ।

सन् २०१८ मा रिलिज भएको ब्ल्याक प्यान्थर चलचित्रमा उनी जावाभारीको भूमिकामा देखिएकी थिइन् । उनी वकान्डाको ट्राइबल काउन्सिलको सदस्य थिइन् ।

सन् २०२२ मा रिलिज भएको चलचित्रको दोस्रो संस्करणमा उनले फरेस्ट ह्वाइटटेकरको स्थानमा जुरीको भूमिकामा देखिएकी थिइन् । उनले बियोन्सेको द लायन किंगमा आधारित डिस्नी चलचित्रमा पनि काम गरेकी थिइन् ।उनका चार सन्तान रहेका छन् । जसमा दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस