कैलाली। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।
एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ । एमाले बाट पुरानै तीन जना मन्त्री बन्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो