पेरिस । आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।
पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण