सप्तरी। सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।सङ्घले आज एक कार्यक्रम आयोजना गरी गत असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जीबीएन मोबाइल एन्ड इलेक्ट्रिकल पसलमा भएको आगलागी पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
रु एक लाख एक हजार सङ्कलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको सङ्घ संस्थापक अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए ।आगलागीबाट राजन साहको पसल र घर जलेर क्षति भएको थियो ।
नगरप्रमुख देवनारायण साह, सङ्घका महासचिव अमृत सञ्चेती, सल्लाहकार बैजु जोशी, सदस्य सन्तोष सिन्हा, सुरेन्द्रप्रसाद साह, वडाध्यक्ष वीरेन्द्र यादव र स्थानीयको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १६ : २८
लेखकबाट थप