काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन एमाले–कांग्रेस मिलेर सरकार बनाएको दाबी गरेका छन् । आज (शनिबार) ताप्लेजुङ सरोकार केन्द्रद्वारा प्रकाशित ‘ताप्लेजुङ’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही दिशा दिनका लागि कांग्रेस–एमाले गठबन्धनसहितको सरकार बनेको बताएका हुन् । उनले देशलाई धेरै प्रयोगशाला बनाउन हुँदैन भनेर नै ठूला पार्टीहरु एक ठाउँमा उभिएको उनले बताए ।
साथै, उनले कांग्रेस–एमालेलाई प्रमुख प्रतिस्पर्धी दलको रुपमा ब्याख्या गरे । यिनै दुई दल इतिहासको निर्माता पनि भएको नेता भट्टराईले बताए । उनले यो गठबन्धन सरकारको नेतृत्वमा अब देश अग्रगामी दिशामा अगाडि बढ्ने बताए ।
‘नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन नेपाली कांग्रेस र एमालेले अग्रसरता लिएता पनि संसद्मा भएका अथवा नभएका राजनीतिक दलहरुलाई एक साथमा लिएर हामी अगाडि बढ्छौं,’– उनले भने ।
साथै, उनले ताप्लेजुङ सरोकार समाजमा आवद्धहरुलाई उनले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ‘राजनीति भनेको कुरा चुनावमा उठ्न, भोट हाल्न कहिले काहीँ चाहिने हो । अरु बेला चाहिने भनेको एकता हो । हामी थप एकतावद्ध भएर अगाडि जाउँ,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता