काठमाडौँ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् । शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको दबाब परेको बताए पछि अर्थमन्त्री पौडेलले यसको बचाउ गरेका हुन् ।
बैठकमा पूर्वअर्थमन्त्री महतले सरकारकै दबाबमा गभर्नरले अनावश्यक खुकुलो मौद्रिक नीति ल्याएको बताएका थिए । डा. महतले अर्थमन्त्री पौडेललाई व्यङ्ग्य समेत गर्दै वर्तमान अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको बताएका थिए ।
तर, प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले यो वा त्यो मुद्दामा नभई सरकारको नीति अनुसार आर्थिक गतिशीलताका लागि स्वच्छ नियतका साथ ट्युनिङ मिल्नु राम्रो रहेको बताए । ‘सरकारले गभर्नर वा राष्ट्र बैंकमाथि यो गर, त्यो गर भन्न मिल्दैन । तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो,’ उनले भने ।
सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाए । ‘हाम्रो आवश्यकता हामी आफैले पहिचान गर्ने हो, ऋण तथा आर्थिक सहायता हामीले उपलब्धिमूलक क्षेत्रमा लगाउनुपर्नेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु, अध्ययन, नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन गर्न गाह्रो छ । बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने