काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट गणतन्त्र प्राप्त भएको बताएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको बताएका हुन्।
उनले भने,‘नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ। हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौं तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवाहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो।’
उनले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताए। पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको धारणा राखे।
उनले भने,‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफंैमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त गर्यो। यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ।’
पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताए। पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, र्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरविरोधहरूलाई सुविचारित ढंगले अभिलेखन गर्न पनि योगदान गर्नु भएको पनि बताए।
राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पंचायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारले बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको बताए। उनले भने,‘पुष्पलाल पञ्चायतका विरुद्धमा संघर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई समान स्नेह गर्नुहुन्थ्यो। हामी वीपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएको थियौं। आन्दोलनका बारेमा कुराकानी भयो। काठमाडौमा कोसँग सम्पर्क गर्ने भन्दा हिरन्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो। माइला दाईले भनेको है भनेर पनि भन्नुभयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति