काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संशोधनमा तीन ठुला दलबिच सहमति भएपछि नेपा माओवादी केन्द्रका उपमहासचिव तथा टीआरसी कार्यादलका सदस्य जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– टिआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननीय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुङ्गोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ। यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु।
बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेको अवस्थामा टीआसीमा पनि सहमति जुटेकोले द्वन्द्व पीडितहरूलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्यले गति लिने विश्वास उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : जनार्दन शर्मा
नीतिगत कुरा राम्रो भए पनि बजेटमा आलोचना आवश्यक छ : जनार्दन शर्मा
राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन र गणतन्त्र सुदृढीकरण आवश्यक : जनार्दन शर्मा
संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी : जनार्दन शर्मा
भारतको ‘अप्रेशन सिन्दूर’ लाई जनार्दन शर्माको समर्थन
नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा