काठमाडौँ । काठमाडौँको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का छन् । २०६४ मा खड्काको समूहले तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टलाई खड्काको समूहले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।
हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।
२०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ