काठमाडौँ । काठमाडौँको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का छन् । २०६४ मा खड्काको समूहले तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टलाई खड्काको समूहले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।
हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।
२०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ