काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट प्रहरीले खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् ।
उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । आरोपीहरूको साथबाट प्रहरीले ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।आरोपीहरूमाथि प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ