काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट प्रहरीले खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् ।
उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । आरोपीहरूको साथबाट प्रहरीले ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।आरोपीहरूमाथि प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ