लन्डन । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो । यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन् । यस घटनामा पीडित अधिकांश बालबालिकाको उमेर छ वर्षदेखि ११ वर्षबिच रहेको बताइएको छ ।
टेलर–स्वीफ्ट थिमको डान्स तथा योगा क्लासमा एक किशोरले उक्त हमला गरेको बताइएको छ । घाइतेमध्ये ६ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ ।
यस घटनामा घाइते भएका अन्य दुई वयस्कको अवस्था पनि गम्भीर रहेको बताइएको छ । संदिग्धले चक्कु बोकेर उक्त डान्स क्लासमा छिरेको अनि अन्धाधुन्ध बालबालिकाहरूलाई चक्कु हान्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बालबालिकालाई बचाउन खोज्दा दुई जना वयस्कलाई चोट लागेको प्रहरीले बताएको छ । हत्या र ज्यान मार्ने प्रयास गरेको आरोपमा घटनास्थलबाट प्रहरीले १७ वर्षको एक किशोरलाई पक्राउ गरेको छ । यस घटनाबारे छानबिन भइरहेको छ । चक्कु प्रहारको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित