काठमाडौँ । आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो ।
ऊर्जा मन्त्रालयले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता रोकिएको सम्झौताका लागि अर्को मिति तय गरिने बताएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता आज विद्युत् व्यापार सम्झौता गर्ने तयारी भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुने भनिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित