काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरी नायव महानिरीक्षक (डीआइजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ । आइतबार प्रतिनिधि सभामा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे ।
‘…डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरे ।
गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो । केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ ।
केसीको दुई महिना नबित्दै सरुवा भएको हो । केसीको गत जेठ १६ गते ब्यूरोमा सरुवा भएको थियो । कांग्रेसका एक महामन्त्रीले विगतमा इन्सपेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै उनले डिआइजी केसीको सरुवाको विषयमा बोल्न सक्ने कि नसक्ने भनेर समेत सांद ढकालले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध