काठमाडौँ । माओवादी केन्द्रको तेस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धमा बैठकलाई ब्रिफिङ गरेका थिए । शनिवारसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राखेका थिए ।
१० वर्षपछि पहिलो प्रतिपक्षमा पुगेको माओवादीले गम्भीर समीक्षा गरी आगामी कार्ययोजना बनाउन लागेको छ । पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने प्रवक्ता सापकोटाले बताए । स्थायी समितिले एजेन्डा तय गरेपछि भदौमा केन्द्रीय समिति बैठक बोलाउने योजनामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र