काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।
आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ३० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो