हेटौंडा । बागमती प्रदेशका चार जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री बहादुरसिं लामा मुख्यमन्त्री बनेपछि कांग्रेसबाट नियुक्त भएका चार जना मन्त्रीले आज शपथ लिएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमा हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमा श्यामबहादुर खड्का र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठले शपथ लिएका हुन् ।
मुख्यमन्त्री लामाले बिहीबार मन्त्री नियुक्त भएका प्रभात तामाङ हटाएर कुन्दनलाई आर्थिक मामिलाको जिम्मा दिएका हुन् । यसअघि उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, उनले आर्थिक मामिला मन्त्रालय मागर्दै शपथ रोक्न दबाब दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट