गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरेका छन् ।
मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताए । “संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।”


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनतालाई एमाले उपाध्यक्षको प्रश्न- सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार ?
एमालेमा पृथ्वीसुब्बा गुरुङ ‘तानातान’ मा, गुरुङको चाहना महासचिव, ओलीले खोलेका छैनन् मुख
एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ