जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्। आज नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् ।
५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा