जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्। आज नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् ।
५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा