काठमाडौँ । आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । जुन, आज १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको हो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।
सुनको मूल्य घटेको दिन चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ । हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?