काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका १९ जनामध्ये २ जना चालक दलको सदस्य रहेको र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेको बताइएको छ । विमानमा सवार १९ जनामध्ये पाइलट मनिषरत्न साक्यको जिवितै उद्दार गरि काठमाडौंस्थिति काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।
दुर्घटनामा निधन भएका मनुराज र प्रिजा श्रीमान/श्रीमती हुन् भने अधिराज उनीहरुको छोरा हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक