मकवानपुर । सत्ता समिकरणको नयाँ गठबन्धन अनुसार बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएका बहादुर सिं लामाले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका लामाको बुधबार सपथ ग्रहण गरेका हुन् । बुधबार नै मुख्यमन्त्री लामासहित प्रदेशको १० मन्त्रालयको मन्त्रीहरूको पनि सपथ लिएका छन् ।
लामालाई मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन उनी मुख्यमन्त्री नियुत्त भएका हुन् ।
प्रदेश सभाको दुई ठुला दलहरु मिलेर सरकार सञ्चालनमा गएको यो पहिलो पटक हो । यो संगै बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलो पटक सरकारको नेतृत्व गरेको हो ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा एमालेले ६ वटा मन्त्रालय पाएको छ भने काँग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय पाएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी, किरण थापाले स्वास्थ्य, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकाश र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसले मुख्यमन्त्री तथा मन्त्री
परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
जसमा कुन्दन राज काफ्ले, श्याम बहादुर खड्का र मधुकुमार श्रेष्ठलाई जिम्मेवारी पछि तोकिने गरि मन्त्री नियुक्त भएका छन् । नियुक्त भएका सबै मन्त्रीहरुले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस