काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
मंगलबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।
त्यसै गरी सङ्खुवासभा, सिन्धुली, रसुवा, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (ब.सु.पूर्व), गुल्मी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोटी, डडेलधुरा, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै