काठमाडौ । बाग्मती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज एमाले–कांग्रेसको नयाँ समीकरणअनुसार नयाँ सरकार बन्न लागेको हो ।
दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका थिए । यसअघि आइतबार नै बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।
त्यसलगत्तै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
यस्तै, बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ ।
लुम्बिनीमा अब एमाले नेतृत्वमा नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसको लागि आज दिउँसो १ बजे प्रमुख प्रमुख समक्ष एमाले र कांग्रेससहित साना दलको पनि हस्ताक्षरसहित दाबी पेश गर्ने दलहरूको तयारी छ ।
एमाले प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीमा लिला गिरीको दाबी पेश गर्ने बताए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
प्रदेशसभा एमालेका २९ र कांग्रेसको २७ मत छ । जुन सरकार गठनको लागि झण्डै दुईतिहाइ नजिकको मत हो । गिरी यसअघि ३ महिना मुख्यमन्त्री बनेका थिए ।
यसैगरी बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले पनि आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने