काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आज बिहान पुस्तकालयको उदघाटन गरे ।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।
यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ । पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेलमा भएका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अरुमाथि नैतिक प्रश्न उठाउन मिल्दैन’: कांग्रेस
संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस नेता बलबहादुर केसी नेतृत्वको १७ सदस्यीय टोली चीन भ्रमणमा
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
नाउपाका बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा