ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि भक्तपुरमा ट्रिप्पर आगजनी

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०७५, १९ : ५९
ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि भक्तपुरमा ट्रिप्पर आगजनी

file photo

काठमाडौं । भक्तपुरमा ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले ट्रिप्पर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । 

बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

पाण्डुबजारको सडक क्रस गर्न लागेको बेला मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । ठक्कर दिने ट्रिप्परका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस