काठमाडौं। लागुऔषध खैरो हिरोइनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको बोहोराटार बस्ने २८ वर्षीय विजय बोहोरा, ३७ वर्षीय हरिबहादुर बास्कोटा, बूढानीलकण्ठ बस्ने ३६ वर्षीय अनिल तामाङ र ३९ वर्षीया मुस्कान तामाङ छन् ।
शुक्रबार दिउँसो काठमाडौंको चमतीमा खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार उनीहरूको साथबाट १३ ग्राम खैरो हिरोइन, ८० हजार नेपाली रुपैयाँ र एक थान डिजिटल तराजु बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ