काठमाडौं । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निश्कर्ष निकालिएको स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे । राप्रपाको पनि विश्वासको मत लिएर प्रधानमन्त्री ओलीले दुई सय भन्दा बढि सांसदहरुको समर्थन जुटाउन चाहेका थिए ।
तर, राप्रपाले विश्वासको मत नदिने निर्णय गरेसँगै उनलाई दुई तिहाई सांसदहरुको पनि समर्थन जुटाउन सकस हुने बुझिएको छ । उपेन्द्र यादवपनि अझै पर्ख र हेरको अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने