काठमाडौं । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निश्कर्ष निकालिएको स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे । राप्रपाको पनि विश्वासको मत लिएर प्रधानमन्त्री ओलीले दुई सय भन्दा बढि सांसदहरुको समर्थन जुटाउन चाहेका थिए ।
तर, राप्रपाले विश्वासको मत नदिने निर्णय गरेसँगै उनलाई दुई तिहाई सांसदहरुको पनि समर्थन जुटाउन सकस हुने बुझिएको छ । उपेन्द्र यादवपनि अझै पर्ख र हेरको अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग