गोठाटारबाट बच्चालाई जबर्जस्ती ट्याक्सीमा राखेर अपहरण

बुधबार, १७ असोज २०७५, १७ : २५
गोठाटारबाट बच्चालाई जबर्जस्ती ट्याक्सीमा राखेर अपहरण

काठमाडौं । गोठाटारबाट बालक अपहरण भएका छन् । बच्चा कस्को भन्ने एकीन भने भइसकेको छैन ।

तेजबिनायक चोकबाट एउटा बच्चालाई जर्बजस्त ट्याक्सीमा राखेर लगिएको तर उनी को हुन् भन्ने थाहा नभएको स्थानीय रुद्रप्रसाद चापगाईले जानकारी दिनुभयो । ‘बच्चा जर्बजस्त ट्याक्सीमा राखेको देखियो तर को हुन् , कहाँका हुन् थाहा भएको छैन’ उहाँले भन्नुभयो, ‘घटना प्रहरीलाई खबर गरेका छौ ।  घटनाकाे विस्तृत  केहीबेरमा थाहा होला ।’

भक्तपुरको गोठाटारस्थित तेज विनायक स्कुल अगाडिबाट बालक अपहरण भएको सूचना आएपछि महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको छ । महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको  बताउनुभयो  ।

त्यही एरियामा पर्ने काँडाघारीमा अघिल्लो महिना ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो ।
बासिन्दाले त्यो घटना बिर्सन नपाउँदै फेरि अर्का बालक अपरणमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस