काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो बधाई पत्रका प्रधानमन्त्री अोलीलाई बधाई दिनुको साथै दुई देशको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग विगतमा गरेको सहकार्यको पनि चर्चा गरेका छन् ।
विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने भनिएको स्रोतले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री