पाल्पा। पाल्पामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिस्दी गाउँपालिका- ७ ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विक छन् ।उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सन्तबहादुरले ती महिलालाई गत असार ३१ गते बिहान उनकै घरमा करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ