पाल्पा। पाल्पामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिस्दी गाउँपालिका- ७ ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विक छन् ।उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सन्तबहादुरले ती महिलालाई गत असार ३१ गते बिहान उनकै घरमा करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ