काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवा शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने गुनासो गरेका हुन्।
उनले स्व. मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।उनले भने, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठुलो सौभाग्यको कुरा पनि हो ।
मंगलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ ।
तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदीबहिनीहरूबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँबासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा