काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
यी जिल्ला भई बहने नदीको आसपासमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि आज बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द
हुम्लामा एक्कासि ठूलो वर्षासंगै ठुलो बाढी, बगायो विद्यालय
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग