काठमाडौ । केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राख्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने निर्णय गरेको हो । त्यसअघि सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएकाले २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लैजान पाउँदैन, तर आजको निर्णय २४ घण्टापछि मात्र भन्नुपर्ने आजै भनिदो रहेछ । यो त गोपनियताको विपरीत हुन्छ । अब दोस्रो बैठकदेखि मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टा पछि मन्त्रालयबाट जानकारी गराइनेछ ।
यसअघि ओली सरकारको नेतृत्वमा रहँदा पनि मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने अभ्यास थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठक बस्दै