तनहुँ । खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगे निवासी २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार बगाएर बेपत्ता भएका कुमालको घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी दमौली अस्पतालमा पु र्याउँदा मृत्यु भैसकेको थियो । चुँदी खोलामा नुहाउने क्रममा शनिवार दिउँसो बेपत्ता भएका मश्राङ्गी आइतबार भानु नगरपालिका–५ पञ्चनगरस्थित चुँदीखोला किनारमा मृत अवस्थामा फेला परेको थियो । दुवै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु