काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबार भएको हो ।
तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?